नेपालमा कोरोना संक्रमण: २ जना टेकु अस्पतालमा भर्ना

16.59K
shares

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण भएको टेकु अस्पतालका प्रवक्ता अनुपम वास्तोलाले  जनाकारी दिएका छन्  ।

उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता  बास्तोलाले बताएका हुन् ।

‘दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो’ प्रवक्ता बास्तोलाले भने, ‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं ।’

प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन् । उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए ।

उनले भने, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ।’
दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083