प्रचण्ड माथीको जुत्ता प्रहार प्रयास, षड्यन्त्र र नियोजित छ-भुसाल
वि.सं.२०७६ फागुन १८ आइतवार १७:२८
shares

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार प्रयास षडयन्त्र भएको अनेरास्ववियू नेता इन्द्र भुसालले दाबी गरेका छन् ।
आइतबार राष्ट्रियसभा गृह आयोजित तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार प्रयास भए पछि विद्यार्थी नेता भुसालले प्रतिक्रिया दिएका हुन् ।
सभामा संबोधन गरेर सिटमा फर्किरहेका प्रचण्डमाथि दर्शकदीर्घाबाट जुत्ता प्रहार प्रयास भएको हो । उनलाई ताकेरै प्रहार भएको उक्त जुत्ता भने मञ्चसम्म आइपुगेन ।
नेता भुसालले मुक्तिखबर मार्फत प्रचण्ड माथी दर्शक दिर्घाबाट जुत्ता प्रहार गर्ने रतन तिरुवा नामका व्यक्तिलाई हदैसम्मको कानुनी कारबाही समेत आग्रह गरेका छन् ।
जुत्ता प्रहार गर्ने व्यक्ति कुन स्कुलिङ र कहाँ बाट संन्चालित भएको र कुन योजनाबाट प्रयोग भएको भन्ने बारे अनुसन्धान गरि वास्तविकता सार्वजनिक गर्न समेत आग्रह गरेका छन् ।
जुत्ता प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरेका छन् ।
तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ ।
































