नेपालमा कोरोना संक्रमण: २ जना टेकु अस्पतालमा भर्ना

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण भएको टेकु अस्पतालका प्रवक्ता अनुपम वास्तोलाले  जनाकारी दिएका छन्  ।

उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता  बास्तोलाले बताएका हुन् ।

‘दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो’ प्रवक्ता बास्तोलाले भने, ‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं ।’

प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन् । उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए ।

उनले भने, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ।’
दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।


सिन्धुली प्रहरीद्वारा  निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

सिन्धुली प्रहरीद्वारा निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

२०८१ साउन २३ बुधवार

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निरन्तर उत्कृष्ट कामकाे शुरुवात...

क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८१ असार २३ आइतवार

काठमाडौं । क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

२०८१ असार १ शनिवार

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघ र अल्का अस्पताल जावलाखेलको...

निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !

निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !

२०८१ असार १ शनिवार

काठमाडौ । प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक...

स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

२०८१ जेठ १५ मंगलवार

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत...

नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

२०८१ जेठ ७ सोमवार

राेल्पा । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं.४ लिबाङ स्थित...