नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा पक्राउ

5.36K
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृह आयोजित तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

सभामा संबोधन गरेर सिटमा फर्किरहेका प्रचण्डमाथि दर्शकदीर्घाबाट जुत्ता प्रहार भएको हो । उनलाई ताकेरै प्रहार भएको उक्त जुत्ता भने मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरेका थिए ।

तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ । यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए ।


Mitsubishi Long Ad