पदको दुरुपयोग गरी इश्वर पोख्रेलले गरे भान्जीलाई न्यायाधीशमा सिफारिस

17K
shares

काठमाडौं । विगतमा जस्तै यस पटक पनि न्याय परिषदले न्यायाधीस नियुक्तिका लागि गरेका सिफारिसहरु विवादमुक्त रहन सकेनन् । सिफारिस गरेकामध्ये अधिकांश राजनीतिक पृष्टभूमि र नेता तथा न्यायाधीसहरुका नातागोताहरु छन् ।

न्यायाधीस हुने व्यक्ति विवादमुक्त, निष्कलंकित, योग्य हुनुपर्ने मान्यतालाई लत्याउँदै परिषदले अधिकांश विवादित अनुहारहरुलाई सिफारिस गरेको छ । परिषदले सर्वोच्च अदालतका लागि पाँच र उच्च अदालतका लागि १८ जनाको नाम मंगलबार सिफारिस गरेको थियो ।

सिफारिस गरेकामध्ये उच्च अदालतको न्यायाधीसका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जी नीलम पौडेल पनि परेकी छन् । पुनरावेदन अदालतकी पूर्व अतिरिक्त रहेकी उनलाई पोखरेल निकट भएकैले सिफारिसमा पारिएको हो । त्यस्तै, सर्वोच्चको न्यायाधीसका लागि सिफारिस भएका डा. मनोज शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् भने उच्च अदालतको न्यायाधीसका लागि सिफारिस रेणुका साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।

शर्मालाई बनाउन प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाले अडान राखेपछि उनको नाम राखिएको समाचार छ । त्यसबाहेक उच्च अदालतकै न्यायाधीशका लागि सिफारिस नवराज थपलिया परिषद् सदस्य रामप्रसाद सिटौलाका ज्वाइँ हुन्। सिफारिस भएका अरुहरुमा पनि योग्यता र वरिष्ठतालाई मिचेर राजनीति भागबण्डा र नातागोताका आधारमा न्यायाधीस सिफारिस गरिएको भन्दै सामाजिक सञ्जालमा कानुन व्यवसायीहरुले नै कडा विरोध गरिरहेको देखिएको छ ।

सर्वोच्चमा न्यायाधीश सिफारिस हुनेमा दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायी पृष्ठभूमिका छन्। सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधिवक्ता हरिप्रसाद फुँयाल, अधिवक्ता डा मनोज शर्मा सिफारिस भएका छन्।

त्यस्तै, उच्च अदालतमा नायब महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिस्ट्रार महेन्द्र उपाध्याय, सत्य निरूपण र मेलमिलाप आयोगका सचिव रमेश ढकाल, पुनरावेदन अदालतकी पूर्व अतिरिक्त न्यायाधीश नीलम पौडेल, सर्लाही जिल्ला न्यायाधीश राजेश काफ्ले, रौतहट जिल्ला न्यायाधीश लेखनाथ ढकाल, चितवन जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, भक्तपुर जिल्ला न्यायाधीश महम्मद जुनेद आजाद, ललितपुर जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी र पर्सा जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्ण छन्। कानुन व्यवसायीबाट सिफारिस हुनेमा जगतबहादुर थापा, सरला पाण्डे, विमला सुवेदी, रेणुका साह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया र अञ्जु उप्रेती छन् ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडाललाई उच्च अदालत पाटन र दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याललाई पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ ।
यो खबर करपटेटअनलाई पत्रीका बाट साभार गरिएको हो


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083