आमाको महिमा

11.09K
shares

जन्म दियौ हे आमा प्रसब पिडा सहेर
ताते ताते थिरी थिरी गरी हुर्कायौ दुख गरेर

आधी पेटै खाएर ढिडो र पिठ‍ो
खुवायौ हामीलाई जो सकेको मिठो मिठो

दुख पिडा लुकाएर सन्तानलाई हसाउँदै
कयौँ रोग महाँमारीहरु बाट बचाउँदै

शिक्षा दीक्षा दिलाउन गरेउ तिमीले धेरै दुख
भो अब नरोउ आमा आईरहेछ दिन तिम्रो सुख

जति गरेपनि सकिन्न शब्दले आमाको वर्णन
आमाका पाउमा यही टक्र्याएँ शब्द समर्पण ।

-बैकुण्ठ दाहाल


divya collage
unigloble collage