बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरसद्वारा संक्रमित

9.44K
shares

एजेन्सी । बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । किरणले आफूले आफैंलाई घरभित्र क्वारेन्टाइनमा राखेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसबारे एक बयान जारी गर्दै किरण कुमारले भने, ‘म एउटा सानो परीक्षणका लागि अस्पताल जाँदा कोरोनाभाइरसद्वारा संक्रमित भएको थाहा भयो । परीक्षणको प्रक्रिया सुरु हुनुअघि मैले केही प्रारम्भिक परीक्षणबाट गुज्रनु पर्यो । मलाई लाग्छ कि आफ्नो तर्फबाट सावधानी अपनाउँदै उहाँहरुले सुरुवातमा नै कोभिड–१९ को परीक्षण गर्नुभयो । यसमा मलाई पोजेटिभ भएको पत्ता लाग्यो ।’

मभित्र कुनै लक्षण थिएन :

किरणले भने, ‘ममा कुनै पनि प्रकारको लक्षण देखिएको थिएन । न खोकी, न ज्वरो, न सास फेर्न समस्या, केही पनि थिएन । म पूर्ण रुपमा स्वस्थ महसुस गरिरहेको थिएँ । मैले पहिले नै बताए अनुसार मलाई कुनै लक्षण नदेखिएकाले मैले परीक्षण गर्ने कुनै कोसिस गरिनँ ।’

‘धन्य, मेरो घर दुई तलाको छ’

उनले थपे, ‘मैले आफ्नो घरलाई नै क्वारेन्टाइन गरेको छु । मेरो घर दुई तल्ला छ, त्यसकारण धन्य, ठाउँको कुनै समस्या छैन । मेरी श्रीमती र बालबच्चा पहिलो तल्लामा बस्छन् र मैले आफूलाई माथिल्लो तल्लामा आइसोलेट गरेको छु । म २५ वा २६ मे मा पुनः परीक्षण गराउनेछु ।’

बलिउड सेलिब्रिटीसँग सम्बन्धित अन्य संक्रमितः

उनीअघि बलिउडकी गायिका कनिका कपूर, फिल्म निर्माता करिम मोरानी र उनका दुई छोरी, नायक पूरब कोही, नायक फ्रेडी दारुवालाका पिता, नायक सत्यजीत दुबेकी आमासमेत बोनी कपुर र फराह अली खानको घरमा काम गर्ने सहयोगी पनि कोरोना संक्रमित पाइएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083