नेपालले किन भने तपाई अश्रुग्यासको क्षेप्यास्त्र हान्ने, हामी बेहोस अनि ट्याँइँट्याँइँ फिस ?

7.93K
shares

सबै प्याकेज नहेरी हावाको भरमा महाधिवेशनको प्रस्तावलाई समर्थन गर्न सकिँदैन
महाधिवेशन मंसिरमै कसरी सम्भव हुन्छ रु यति छिटै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने हो भने बैठकबाट, अरू फोरम वा राष्ट्रिय सम्मेलनबाट किन नगर्ने रु अहिलेको सवाल नेतृत्वमा व्यक्ति परिवर्तनको मात्रै होइन, पार्टीलाई, सरकारलाई कसरी विधि र प्रक्रियामा चलाउने भन्ने हो । दुई अध्यक्ष मिल्नेबित्तिकै सबै मिलिहाल्छ भन्ने भ्रमबाट मुक्त हुनुस्, म मान्नेवाला छैन । दुई अध्यक्षको मात्र चोचोमोचो मिल्दैमा सबैथोक मिल्छ भन्ने भ्रमबाट मुक्त हुनुस् । यो पार्टीलाई विधि र प्रक्रियासँग, कार्यशैलीसँग, कम्युनिस्ट संस्कृतिसँग जोड्ने प्रश्न हो । कस्तो पार्टी बनाउने भन्ने विषय हो । यी सबै विषयलाई सम्बोधन गर्ने गरी एकताको समग्र प्याकेज ल्याउनुस्, त्यसपछि बल्ल छलफल गर्न सकिन्छ, अधुरो कुरा हुँदैन, मानिँदैन ।

तपाईं (केपी ओली)ले १७ वैशाखमा पनि त्यस्तै प्रस्ताव ल्याउनुभो, २० गते पार्टी सञ्चालनबारे निर्णय पनि भयो । त्यतिवेला तपाईंले भनेजस्तै अश्रुग्यासको क्षेप्यास्त्र हान्ने, हामी सबै बेहोस हुने, अनि ट्याँइँट्याँइँ फिस स्थिति यसपटक नहोस् । त्यसकारण अहिल्यै सबै प्याकेज नहेरीकन हावाको भरमा तपाईंहरूको प्रस्तावलाई समर्थन गर्न सकिँदैन । आइतबार स्थायी समिति बोलाइयोस्, त्यहाँ पनि छलफल होस् । होइन, तपाईंहरू मात्रै मिल्दा सबै कुरा हुने हो भने म पनि देशव्यापी अभियानमा जाने कुरामा सोच्दै छु । कसैले अहिलेसम्म पार्टीको निर्णय नमान्दा केही फरक नपर्ने हो भने अरूका निम्ति पनि मान्नुपर्ने बाध्यता छैन । पार्टीमा सबै बराबर हुन्, कोही विशेष होइन, यो कुरा दुवैले बुझिराख्नुस् । नयाँ पत्रिका दैनिकबाट !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083