उपत्यकामा २२ वर्षे पवित्रा कार्कीमाथी एसिड प्रहार गर्ने दुई जना पक्राउ

10.48K
shares

काठमाडौं । गएराती घरबाट सामान किन्न पसल निस्केकी २२ वर्षीया पवित्रा कार्कीमाथि सीतापाइलामा एसिड प्रहार गर्ने दुई युवा पक्राउ परेका छन ।

प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।

उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउगरेको प्रहरीले जानकारी दिएको छ ।