स्यानिटाइजर पिउदा १० जनाको ज्यान गयो

7.61K
shares

भारतमा स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ ।

भारतको आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो ।

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण रक्सी पसलहरु बन्द हुँदा उनीहरुले अल्कोहल मिश्रित स्यानिटाइजर पिएको भारतिय सञ्चार माध्यमले जनाएका छन ।

कुरिचेदु गाउँमा कोरोनाभाइरसको संक्रमण बढेपछि लकडाउन गरिएको थियो ।

उक्त गाउँका मानिसहरुले रक्सीको नपाउदा अल्कोहल मिश्रित स्यानिटाइजर पिएको जिल्ला प्रहरी प्रमुख सिद्धार्थ कौशलले बताए ।

उनीहरुले १० दिनदेखी अल्कोहल मिश्रित स्यानिटाइजर पिएको बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083