काठमाडाैंको चुच्चेपाटी एसिड आक्रमण, आमाछोरी घाइते
वि.सं.२०७७ साउन २२ बिहीवार २१:५३
6.24K
shares
shares

File photo
काठमाडौंको चुच्चेपाटीमा दुई जनामाथि ‘एसिड’ छ्यापिएको खबर छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।
यसबारे थप विवरण आउन बाँकी रहेको छ । गत साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । अर्को केटा मन पराएको रौतहटका मोहमद आलमको निर्देशनमा उनका कामदार भारतीय नागरिक मुन्ना मोहमदले एसिड हानेका थिए ।


















