भाद्र १९ गतेसम्मलाई कैलालीमा लकडाउन लम्ब्याइयो
वि.सं.२०७७ भदौ १३ शनिवार १६:१५
shares

File photo
कैलाली । कोराेना भाइरसको संक्रमण बढेपछि कैलालीमा लकडाउनको अबधि बढाएको छ ।
जिल्ला प्रशाशन कार्यालय कैलालीले १४ गते १२ सम्मका लागि गरेको लकडाउन बढाएर १९ गते मध्यरातसम्मका लागि तय गरिएको छ ।
जिल्ला सुरक्षा समितीको बैठेकले दिएको सुझाबको आधारमा आज प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गते मध्यराति १२ बजेसम्मका लागि लकडाउनको निर्णय लिएका हुन् ।
यस अबधिभर अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइँदैन।
औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाईएको छ भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ।
अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारीसाधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधन जिल्लाभित्र प्रवेश गर्न निषेध गरिएको छ।



























