७१औँ प्रहरी दिवस २०८३ को अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा वृक्षरोपण कार्यक्रम सम्पन्न

195
shares

धनगढी  ।  ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।  सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक महेन्द्र नेपालसहित सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा कार्यालय परिसरका विभिन्न स्थानमा विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको थियो। वृक्षरोपणमार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा कार्यालय परिसरको प्राकृतिक सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ।

नेपाल प्रहरीले ७१औँ प्रहरी दिवसको अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083