हेडक्वार्टरमा कार्यरत एक सैनिकले आफैंलाई गोली प्रहार गरी गरे आत्महत्या
वि.सं.२०७७ भदौ १४ आइतवार १३:४९
shares

नेपाली सेनाको सैनिक मुख्यालय जंगीअड्डामा कार्यरत एक सैनिकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् ।
आत्महत्याको कारणसमेत अहिलेसम्म खुलेको छैन ।
आइतबार बिहान २ः४५ बजे भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्ममा ड्युटीमा खटिएको समयमा आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेको सेनाले जनाएको छ ।
नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ-”२०७७ भाद्र १४ गतेको बिहान ०२.४५ बजे नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।”
नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा पठाईएको र घटना सम्बन्धी आवश्यक अनुसन्धान सुरु गरिएको समेत नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्तिमा उल्लेख छ।






























