ट्याक्सी मिटरमा नहिडे अब सरकारले कारबाही गर्ने

6.7K
shares

काठमाडौं । सरकारले भने बमोजिम मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्ने निति नियम तय गरेको छ। यदि ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा कल गर्न आह्वान समेत गरेको छ। ट्याक्सी मिटरमा हिँड्न नमानेको जनगुनासो कार्यालयमा आए पछि महाशाखाले अनुगमनलाई तीव्रता दिएको हो। महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरेको बताए। मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजार देखि पाँच हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ। मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको बताए। चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरि सकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।


divya collage
unigloble collage