बानेश्वर बहुमुखी क्याम्पस द्धारा नवीना लामा सम्मानित

२०७५ वैशाख ६ बिहीवार
2.5K
shares
काठमाडौ । बानेश्वर बहुमुखी क्याम्पसले काठमाडौं प्रतिनिधि सभा १ का सांसद नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंह , नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्य एवं अनेरास्ववियु केन्द्रिय अध्यक्ष नवीना लामा र प्रदेश सभा सदस्य एवं पुर्व स्ववियुका सभापती लक्ष्मण लम्साल लाई सम्मान व्यक्त गरेको हो ।
क्याम्पसका पुर्व स्ववियु सभापति समेत रहेकी नविना लामालाई प्रतिनिधी सभा सदस्य एवं अनेरास्ववियु केन्द्रिय अध्यक्ष भएकोमा सम्मान व्यक्त गरेको छ । क्याम्पसले लामो समय सम्म क्याम्पसलाई योगदान पुर्याउने जनप्रतिनिधिलाई कार्यक्रम बाट सम्मान गरेको थियो । सम्मान पश्चात् कार्यक्रममा धन्यवाद व्यक्त गर्दै लामाले बानेश्वर क्याम्पस सगं आफ्नो भावनात्मक सम्बन्ध रहेको बताइन् । क्याम्पसको हरेक तत्व सगं माया बसेको भन्दै क्याम्पसको स्तर उन्नतिका लागि कुनै पनि कसुर बाकी नराख्ने प्रतिबद्धता समेत जाहेर गरेकी छिन् ।
त्यस्तै कार्यक्रम धन्यवाद दिदै प्रकाशमान सिहंले बानेश्वर क्याम्पस सुधार गर्न प्रतिबद्ध रहेको जनाएका छन् । कार्यक्रममा लक्ष्मण लम्सालले क्याम्पसको उनन्यनको पक्षमा सधै भरी लाग्ने बताएका हुन्न् । सम्मान कार्यक्रममा क्याम्पस प्रमुख डा.घमानसिङ खड्का र व्यवस्थापन समितीका अध्यक्ष हरिबोल भट्राईले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

२०७५ वैशाख ६ बिहीवार