सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो,नयाँ उचाइ ८८४८.८६ मिटर कायम

7.74K
shares

सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर घोषणा भएको छ ।

नेपाल र चीनले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् ।

यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको थियो । महाभूकम्प २०७२ पछि उचाईमा परिवर्तन भएको हुनसक्ने आधारमा मापन गरिएको हो । अब उचाई ०.८६ मिटर बढेको छ ।

घोषणा कार्यक्रममा भर्चुअल माध्यमले दुवै देशका उच्च अधिकारी सहभागी थिए । नापी विभागका उच्च अधिकारीहरु पनि कार्यक्रममा सहभागी थिए ।

विभागले दुई वर्ष लगाएर उचाईको निक्र्यौल गरेको हो । नेपालले पहिलोपटक आफ्नै प्रविधि र खर्चबाट सगरमाथाको उचाई पत्ता लगाएको हो ।

यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।

अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083