केपी ओलीलाई सडकमा लतारेर ल्याउँछौ : रन्जित तामाङ

19.62K
shares

काठमाडौं । असंबैधानिक ‘कु’ का बिरुद्ध काठमाडौंमा अनेरास्ववियूले निकालेको मसाल जुलसलाई अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले कोणसभा  गर्दै ,यो संघर्ष अब संबिधान बिरोधिहरुको लंका नजल्दा सम्म चलि रहने बताएका छन् ।

अनेरास्ववियूका नेता रन्जित तामाङले सडकमा दन्केको आगोले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कर्तुतहरुको ध्वस्त नगरि नफर्कने समेत बताए ।

बिहीबार साँझ संसद विघटन फिर्ताको माग गर्दै राजधानीमा आयोजित जुलुसमा सहभागी हुँदै उनले सो कुरा बताएका हुन् । साथै, उनले अनेरास्ववियूले उठाएको मसालले अहिलेसम्म सत्ताका धेरै शासकहरु ढालेको जिकिर गरेका छन् । उनले अघि भने,‘अनेरास्ववियूले उठाएको मसालले अहिलेसम्म सत्ताका धेरै शासकहरु ढालेको छ । सत्ताले जतिसुकै दमन गरेपनि हजारौं लाखौं प्रहरी उतारेर हाम्रो मसाल खोस्ने प्रयास गरेपनि आज केपी ओलीले देखे होलान अनेरास्ववियूले बोकेको मसाल सुरक्षा निकायको कसैले पनि खोस्न सक्दैन ।’

अनेरास्ववियूले मसाल उठाएपछि त्यसलाई नबाली नफर्कने बताउँदै नेता तामाङले भने, ‘जब अनेरास्ववियूले मसाल उठाउँछ । त्यसलाई नबालि फर्कंदैन त्यसको उदाहरण आज हो । केपी ओलीलाई चुनौती दिएर भन्न चाहन्छौं । जबसम्म संसद विघटनको निर्णय फिर्ता हुँदैन, त्यसलाई सच्याईंदैन, तबसम्म एकपटक सबै मान्छेहरुको मन जलेको छ । सबै मान्छेको मन मनबाट आज आगो दन्किरहेको छ । आज हामीले दन्काएको आगो त एउटा उदाहरणमा मात्रै हो ।’

उक्त मसाल जुलुस कार्यक्रममा अनेरास्ववियूका सयौँ नेता कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083