यसरी हानेकाे थियाे मन्त्री साहकाे गाडीले पैदलयात्रीलाई (भिडियोसहित)
वि.सं.२०७७ पुस १८ शनिवार २०:३५
7.48K
shares
shares

शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ। उनको कम्मर र खुट्टामा चोट लागेको छ ।
तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘ठक्कर दिएर मन्त्रीकाे गाडी भागेको थियाे ।


















