योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

7.45K
shares

नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् ।

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै ओलीले भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटो’को उपाधि दिएका थिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन् ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनी पाउँदा मलाई दुःख छैन । तपाईँको स्तर थाहा पाएँ, खुशी लाग्यो ।’

गएको प्रतिनिधीसभा निर्वाचन हुनु अघि चुनावी कार्यक्रममा योगेश भट्टराईको चुनाव क्षेत्रमा भाषण गर्न पुगेको ओलीले भाषणकै क्रममा भनेका थिए ‘योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो ।’

पहिलो चरणको मन्त्रीमण्डलमा योगेश परेनन् । सामाजिक सञ्जालमा ओलीको आलोचना पनि भयो । तत्कालीन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि ओलीले भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि भट्टराईले मन्त्रीबाट राजीनामा दिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083