आधिकारिक को हो, सडकमा आएर हेर्न ओलीलाई खनालको आग्रह
वि.सं.२०७७ माघ ९ शुक्रवार १५:२३
9.35K
shares
shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो रु सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’
नेता खनालले केपी शर्मा ओलीले घुँडा टेक्नुको विकल्प नभएको पनि बताए । अहिले आफूहरुसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी आन्दोलनमा रहेको र छुट्टाछुट्टै आन्दोलन भए पनि सबैको प्रहार एकै ठाउँमा रहेको उनले बताए ।























