डुब्यो काभ्रेको बनेपा बजार
वि.सं.२०७८ भदौ २१ सोमवार ११:३५
7.68K
shares
shares

काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । गएरातिको वर्षा र बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो । वरपरका घर-पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या छ ।
पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ ।































