राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

4.99K
shares

राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो । बैठकमा स्व राणाप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

राणा विसं २०४८ को राष्ट्रियसभामा मनोनीत सदस्य रहेका थिए । पूर्वराजदूतसमेत रहनुभएका राणाको ८६ वर्षको उमेरमा यही भदौ २६ गते शनिबार निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते बिहान ११ बजे पुनः बस्नेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083