रवि लामिछानेका चालकको उपचारकाे क्रममा निधन
वि.सं.२०८० वैशाख १९ मंगलवार १५:२३
4.12K
shares
shares

- काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।
अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।
वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए। उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो।






























