भोकलाई भोजन प्यासीलाई पानी भन्ने नाराका साथ जय महांकाल युवा समुहले दु:खिहरुलाई सहयाेग गर्दै
वि.सं.२०८० जेठ ८ सोमवार ११:०४
shares

काठमाडौ । भोकलाई भोजन प्यासीलाई पानी भन्ने नाराका साथ जय महांकाल युवा समुह यतिबेला सामाजिक कार्यमा लागि परेकाे छ ।
धादिङ जिल्लाकाे खानियाबास गाउँपालिका वडा नं २ झार्लाङमा अवस्थिता आर्थिक अवस्था कमजोर भएका ४० घरपरिवारलाई राहत सयाेग गर्ने भएकाे छ ।
जय महांकाल युवा समुहले ४० बोरा चामल , ८० लिटर तेल , २०० केजी दाल , ४० केजी बेसार , ४० केजी मसला , २०० केजी चिउरा दालमोठ , ५०० प्रति कापी पेन्सिल , ८० केजी नुन , १५० जनाको लागि लत्ताकपडा , साबनु , कोलगेट , ब्रस , नङ काट्ने लगायतका सामाग्रीहरू वितरण गर्ने भएकाे छ ।
खानियाबास गाउँपालिका प्रमुख त्यसै गरि वडा नं २ झालार्ङको वडा अध्यक्ष लगाएतकाे सहकार्यमा भाेलि जेठ ९ गते मंगलबार सहयोग वितरण कार्यक्रम आयोजना गर्ने भएकाे छ। ।
उक्त समुहलाई खाध्यान्न , लत्ताकपडा र कापी कलम वितरण कार्यक्रममा सहयोग गर्ने मनकामना माता , योगी दिपकनाथ महाराज , कलाकार एवं समाजसेवी माया थामी लगाएतलाई हार्दिक धन्यवाद समेत उक्त समुहले दिएकाे छ ।































