सरकारको निर्णय विरुद्ध सर्वोच्च पुगे उपप्राध्यापक चलाउने
वि.सं.२०८० असार ६ बुधवार १५:०२
shares

काठमाडौं । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
उनले सरकारको उक्त निर्णय गैरकानुनी र असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्। उनको रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ ।
चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए। त्रिविका नेविसंघ इकाइ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेको थियो।
उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावल लगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यान सम्बन्धी मुद्दा दायर भएको थियो ।
तर, कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।































