वडा अध्यक्ष देबेन्द्र बिष्टको पहलमा ‘बसाहा बर्डा गौसेवा आश्रम’ व्यवस्थित बन्दै
वि.सं.२०८० असार १६ शनिवार १३:२९
shares

बर्दिया । बारबर्दियामा रहेको ‘बसाहा बर्डा गौसेवा आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने भएको छ। बारबर्दिया नगरपालिका वडा न. ९ मा रहेको गौसेवा आश्रम नेपालकै राम्रो र व्यवस्थित आश्रम बन्न लागेको हो ।
वडा अध्यक्ष देबेन्द्र बिष्टका अनुशार यो भन्दा अगाडि गौसेवाआश्रम व्यवस्थित हुन नसकेर सबै गाईहरु गाउँघरमा गएका थिए । उनले भने,’म अध्यक्ष भएर आएपछि मेरो पहिलो ध्यान गौमाता माथी गयो,मानिसहरुले खेतिबारीमा जादाँ धेरै पिट्ने, गाडीहरुले हानेर धेरै गौमाताको ज्यान गएको देखे। मन धेरै दुख्यो र मैले अठोट गरे गौमाताको व्यवस्थापन पहिले गर्छु ।
साथै नगरपालिकाबाट गौ निती पास गरी नेपाल सरकारबाट तलब पाउने गरी ५ जना गौ सेवक राखेको छु । अब ‘गौसेवा आश्रम’ राम्रो र व्यवस्थित बन्ने उनले बताए।
बिष्टले साधु सन्तलाई बस्ने कुटि, प्रतिक्षालय, गौमातालाई बस्ने ४ वटा टहरा ,चरा राख्ने डुड ,५५ हजारमा चारा मेसिन, महेन्द्र राज देखी गौशला सम्म जाने ग्राबेल गरेको बताए । उनले गौसेवालाई पूण रुपमा उत्पादन जैवीक मल, गड्यौला मल, वायो ग्यास जस्ता अभियान शुरुवात गर्ने तयारीमा समेत रहेको बताए ।






























