जनताको जीवनरक्षाका निम्ति गम्भीर बन्न प्रधानमन्त्रीको निर्देशन

3.54K
shares

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको ११ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने, ‘वर्षात्को समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अत्यन्तै संवदेनशील विषयमा पनि किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ ? राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारूकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौँ ? यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद् न्यूनिकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083