कर्णाली प्रदेश प्रहरी प्रमुखद्वारा कर्णाली प्रदेश प्रहरी गण सुर्खेतको निरीक्षण

6.25K
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख  प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले कर्णाली प्रदेश प्रहरी गण सुर्खेतको अनुगमन गर्नु भएकाे छ ।

समग्र वस्तुस्थिति, कार्यालय भवन, मेस, क्यान्टिन, ब्यारेक, ब्यक्तिगत टर्नआउट, स्रोत साधनहरूको व्यवस्थापन, शाखाहरुको अभिलेखिकरण लगायत नवपर्वद्धनात्मक कार्यहरूको सम्बन्धमा अनुगमन तथा निरीक्षण सम्पन्न गर्नु भएको हाे ।

निरीक्षण पश्चात गणमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई संगठनको नीति, निर्देशन अनुरुप आफ्नो ज्ञान, वुद्धि विवेकको प्रयोग गरी शान्ति सुरक्षा स्थापना गर्न, प्रहरी कर्मचारी आफै समस्याको कारक नबन्ने, अनुशासित, ईमान्दार तथा लगनशील भई दिएको जिम्मेवारी उच्च मनोबलताका साथ पुरा गर्नका साथै चिसो मौसममा आफ्नो सुरक्षालाई समेत विशेष ख्याल गरी काम गर्न आवश्यक निर्देशन दिनु भएको थियाे ।

तस्बिरमा हेर्नुस्

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083