प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी पहरा गण, सामाखुशी तथा काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन गर्नु भएकाे छ ।

नेपाल प्रहरी पहरा गण, सामाखुशीको शाखाहरू निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक थापाले निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाल प्रहरी पहरा गण सामाखुशीबाट नेपालका विभिन्न महत्वपूर्ण धार्मिक स्थानहरु, ऐतिहासिक मठ मन्दिर, प्रतिष्ठान तथा विदेशी कुटनैतिक नियोग र राजदुतावासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकाले नेपाल प्रहरी संगठनको मात्रै नभई राष्ट्रकै प्रतिनिधिको रूपमा व्यवसायिक तवरले बोली, वचन र व्यवहारका साथ अति उत्कृष्‍ट तवरले प्रहरी कार्य गर्न निर्देशन दिनु भयो ।

साथै काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जका शाखाहरुको निरीक्षण पश्चात निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्‍जबाट काठमाण्डौ उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

प्रहरी अतिरिक्त माहानिरीक्षक थापाले भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा बल प्रयोगका सिद्दान्त (Principle of use of force) अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु भयो ।

आधुनिक समयमा काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयले प्रविधिमैत्री अनुसन्धानलाई समेत प्राथमिकतामा राखी तालीममा प्राविधिक ज्ञान प्रदान गर्नु पर्ने बताउँदै तालीमको समयमा प्राप्‍त सीप तथा कौशललाई व्यवहारमा लागु गर्न निर्देशन दिनु भयो ।

निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरीद्वारा सम्पादित गरिने काम कारवाहीबारे जानकारी लिनु भएको थियो ।

तस्बिरमा हेर्नुस्

२५ माघ २०८०, बिहीवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु