राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच Post Crash Response and Care Service Model पत्रमा सम्झौता
काठमाडौ । नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ गते Post Crash Response and Care Service Model को समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितीमा नेपाल सरकारको भौतिक योजना तथा यातायात मन्त्रालयका सह–सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्य सचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
प्रोजेक्ट संचालन पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्वार, घाईतेहरुको उपचार स्थलगतमै तुरुन्तै हुने, अनाश्यक मृत्यु र अंगभंगमा समेत उल्लेख्य कमी आउने र स्थानीय सबै स्वास्थ्य संस्थाहरुमा ट्रमा सम्बन्धि तालिम एवं मेडिकल सामाग्री तथा उपकरणहरु समेत थप हुनेछ ।
२५ माघ २०८०, बिहीवार १७:५४ बजे प्रकाशित