डोल्पामा बोलेरो जिप दुर्घटना स् एक जनाको मृत्यु, १३ घाइते
वि.सं.२०८३ असार २१ आइतवार १७:२७
234
shares
shares

डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा जिपमा सवार विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको पहिचान खुलाउने काम पनि जारी छ।






























