बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८० को समुद्‍घाटन

12.23K
shares

हेटाैडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको समन्वयमा आज देखी फाल्गुण ०२ गते सम्म संचालन हुने बागमती प्रदेश स्तरिय ट्राफिक सप्ताह-२०८० को समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेशका  आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्लेकार्ड, माईकिङ, प्रहरी वैण्ड सहित प्रभातफेरी शुरु भई रोयल पाटी प्यालेस हेटौंडामा एक समारोहबीच कार्यक्रमको उद्‍घाटन गरिएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहत १० वटै जिल्लाको सदरमुकाम, व्यस्त सडक, बजार, बढि सवारी दुर्घटना हुने स्थानहरुलाई लक्षित गरी विभिन्न प्लेकार्ड, व्यानर, सास्कृतिक झाँकी सहित प्रभातफेरी र्‍याली सहितको सचेतनामुलक कार्यक्रम एकैपटक संचालन गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री, हेटौंडा उपमहानगरपालिकाका प्रमुख, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बिष्णु कुमार केसी, विभिन्न सुरक्षा निकायका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।

त्यसै गरि नारायणी यातायात व्यवसायी संघ हेटौंडाका अध्यक्ष, संचारकर्मी, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, शिक्षक तथा विद्यार्थीहरु, स्काउट, युवा क्लबका पदाधिकारीहरु, एवं प्रहरी कर्मचारीहरु समेतको सहभागी रहेको थियो ।

तस्बिरमा हेर्नुस्


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083