सफल नेतृत्व निर्वाह गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट बिदा भए एआईजी ईश्वर कार्की

काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वबाट बिदा भए एआईजी ईश्वर कार्की

2.59K
shares

काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की आज औपचारिक रूपमा बिदा भएका छन्।

नेपाल सरकारको हालैको सरुवा निर्णयअनुसार एआईजी कार्कीको प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागमा सरुवा भएको हो। सरुवासँगै उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वबाट बिदा लिएका हुन्।
उपत्यका प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा उनले शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्वमा कार्यालयले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनको कार्यकाल सफल मानिएको छ।

बिदाइ कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूले एआईजी कार्कीको सफल कार्यकालको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।


divya collage
unigloble collage