नेपाल प्रहरी श्रीमती संघको आयोजनामा “निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम” सम्पन्न

3.78K
shares

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुबँरकाे प्रमुख आतिथ्यतामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम” सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा अल्का अस्पताल प्रा. लि. जावलाखेलको प्राविधिक सहयोगमा काठमाडौँ उपत्याक ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्राङ्गणमा “निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम” सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, संघका कोषाध्यक्ष कल्पना गिरी, कार्यक्रम सचिव सन्ध्या जोशी, प्रशासन सचिव अजिता देवकोटा बास्तोला, सल्लाहकार रश्मी पोखरेल, प्रशासन सह-सचिव अनिता ढकाल अधिकारी, सदस्य प्रेक्ष्यमा गोंगल, सदस्य संगिता लम्साल, सदस्य अरिना राई, अल्का अस्पतलात प्रा.लि.का अध्यक्ष कुमार थापा, अल्का अस्पताल प्रा.लि.बाट पाल्नु भएका विशेषज्ञ चिकित्सकज्यूहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

उक्त निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत तथा मातहत ट्राफिक प्रहरी कार्यालयमा कार्यरत र नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जवानहरु ३०३ जनालाई स्त्री रोग, बाल रोग, नाक-कान-घाँटी, छाला तथा सामान्य चिकित्सा सम्बन्धी प्रत्यक्ष रुपमा परिक्षण गराई सेवा प्रदान गर्नुका साथै नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।

स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्नका लागि सहयोग गर्ने संस्था, व्यक्ति र स्वस्थ्य शिविर शिविर कार्यक्रममा प्रत्यक्षरुपमा खटिने स्वास्थ्य कर्मचारीहरुलाई संघका अध्यक्षज्यूद्वार प्रशंसा-पत्र समेत वितरण गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083