गण्डकी प्रदेश प्रहरी प्रमुख खनालको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

5.24K
shares

कास्की । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिकाश राज खनालको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरको आयोजना तथा वडा प्रहरी कार्यालय बगर कास्कीको सहकार्यमा अन्नपुर्ण गाउँपालिका वडा नं.१० र ११ को संगम स्थान घान्द्रुकमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे।

शान्ती सुरक्षा व्यबस्था, अपराध न्यूनिकरणको लागि गरिएका पहल र नविन कार्यका सम्बन्धमा नागरिकलाई अवगत गराउनुका साथै दुर्गम स्थानमा रहेका नागरिकहरुसँग प्रत्यक्ष भेट गरी नागरिकको गुनासो सुन्ने तथा सुझाब सङ्कलन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक खनालले सहभागिहरूबाट उठेका जिज्ञासाहरूको बारेमा सहजिकरण सहित कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083