गण्डकी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय बागलुङकाे निरीक्षण

4.69K
shares

बाग्लुङ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास राज खनालले जिल्ला प्रहरी कार्यालय बागलुङकाे निरीक्षण गर्नु भएकाे छ ।

प्रहरी नायव महानिरीक्षक खनालले कार्यालयबाट सम्पादित काम कारवाही सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत रुपमा कार्यलयका कर्मचारीहरुको व्यक्तिगत, अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नगारिक सेवा केन्द्र, कार्य शाखा, प्रशासन शाखा, प्रवन्ध शाखा, हिरासत कक्ष समेतको निरीक्षण गर्नु भएकाे हाे।

निरीक्षणकाे क्रममा उनले मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी लिनु भएकाे थियाे।

साथै आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई व्यवसायीक, अनुसाशित एवं कर्तव्य निष्ठ भई कार्यसम्पादन गर्न आवश्यक निर्देशन समेत दिनु भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083