लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुबेर कडायतद्वारा नव निर्मित भवन उद्घाटन

Nepal Life Insurance Long Ad

अर्घाखाँची । लुम्बिनी प्रदेश प्रहरी कार्यलयका प्रमुख कुबेर कडायतले नव निर्मित भवनकाे उद्घाटन गर्नु भएकाे छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मातहत प्रहरी चौकी पाली अर्घाखाँचीमा नव निर्मित भवनको उद्घाटन गर्नु भएकाे हाे ।

साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रमको अवसरमा प्रहरी नायव महानिरीकले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा सुविधा सम्पन्न कार्यालय भवन, व्यवस्थित तथा गुणस्तरीय ब्यारेक, मेश लगायत दैनिक आवश्यक पर्ने भौतिक संरचना प्रहरी कर्मचारीहरूको मनोबलका साथै प्रहरीबाट प्रवाह हुने सेवासँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै हालै निर्माण भएको नयाँ र सुविधा प्राप्त भवनले प्रहरी कर्मचारीहरूमा थप जिम्मेवारी निर्वाह गर्न उर्जा र हौसला मिल्ने बताउनु भयो ।

नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको, उक्त कार्यक्रम कार्यालयका प्रहरी निरीक्षक बिक्रम रिजालले सञ्चालन गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले स्वागत मन्तव्य व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारुले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

२७ माघ २०८०, शनिवार १९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु