प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीको संयोजकत्वमा दोलखाली अफिसर्स क्लब गठन

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीको संयोजकत्वमा दोलखाली अफिसर्स क्लब गठन भएको छ ।

क्लबको उपसंयोजकमा सविता कार्की, सचिवमा प्रदीप खड्का, कोषाध्यक्षमा रसिक भण्डारी छन् । यस्तै शारदा भण्डारी, सुनीता ढुंगेल, छत्र कार्की, दिलकृष्ण श्रेष्ठ, देवराज काफ्ले, ज्योति दाहाल र सन्तोष श्रेष्ठ सदस्य छन् ।

भक्तपुरस्थित डोलेश्वर भिलेज रिसोर्टमा आज वनभोजका क्रममा क्लब गठन भएको संयोजक बुढाथोकीले जानकारी दिए । यस क्रममा तदर्थ कार्यसमिति गठन, विधान तर्जुमा तथा संस्था दर्ता र सदस्यता वितरण तथा कोष संकलनबारे छलफल भएको थियो ।

२८ माघ २०८०, आइतवार ०२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु