नव निर्मित प्रहरी चौकी बल्डेङगढीको भवन उद्घाटन कार्यक्रम सम्पन्न

5.64K
shares

पाल्पा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायतकाे प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकी बल्डेङगढीको भवन उद्घाटन भएकाे छ ।

पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ जुठापौवा स्थित नव निर्मित प्रहरी चौकी बल्डेङगढीकाे उद्घाटन गर्नु भएकाे हाे । कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईको बिशिष्ट अतिथ्यता रहेकाे थियाे ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा , जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना , पाल्पा जिल्ला स्थित बिभिन्न सुरक्षा निकायमा प्रमुखहरु, रैनादेवीछहरा गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, बिभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पत्रकारहरु, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय समाजसेवी, भद्र भलादमी, पुर्व प्रहरी कर्मचारीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।