जिल्ला अदालत पर्वतद्वारा डिएसपी रविन बिष्ट सम्मानित
वि.सं.२०८१ पुस २९ सोमवार ००:२४
shares

पर्वत । जिल्ला अदालत पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन बिष्टलाई सम्मान गरेको छ।
आज एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रविन बिष्टलाई प्रशंसापत्र र खादा ओढाई सम्मानित गरेको हाे ।
प्रहरी नायब उपरीक्षक रविन बिष्टले आफ्नो कार्यकालको सुरुवाती चरणमै सम्मानित जिल्ला अदालत पर्वतका साथै अन्य सम्मानित अदालतहरू तथा न्यायाधीकरणहरूको फैसला बमोजिम लागेको दण्ड, जरिवाना र कैद असुल उपर गरी फैसला कार्यान्वयनमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा जिल्ला अदालत, पर्वतका माननीय जिल्ला न्यायाधीश विद्याराज पौडेलले पर्वत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन बिष्टलाई प्रशंसा पत्र प्रदान गरी सम्मानित गर्नुभएको थियो भने उक्त कार्यक्रममा सम्मानित पर्वत जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बिरेन्द्र प्रकाश खड्का र उक्त अदालतका अन्य कर्मचारीहरु समेत उपस्थित रहनु भएको थियो।




























