प्रहरी कार्यालय सिन्धुलीकाे ठुलाे सफलता : एक करोड मुल्य बराबरको सुन तथा विभिन्न गहना बरामद

4.07K
shares

सिन्धुली ।  यतिबेला जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाे प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्‌ले रहेका छन् । उपरीक्षक काफ्लेले सिन्धुलिकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।

आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ठुलाे सफलता प्रााप्त गरेको छ। सिन्धुलि प्रहरी कार्यालयले करिव एक करोड मुल्य बराबरको सुन तथा विभिन्न धातु र गहनाहरु बरामद गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द राज काफ्‌लेका अुनसार सोमवार विहान १० बजेको समयमा भिमान चेक पोष्टमा खटिएको प्रहरी अधिकृत समेतको टोलीले बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नं. को फोर्स गाडीमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामत गरेको बताए ।

विज्ञप्ति सहित


विशेष सूचनाको आधारमा प्रहरीले उक्त गाडी रोकी चेकजाँच गर्दा काँचो सुन जस्तो देखिने बिस्कुट आकारका टुक्रा दुई थान ४८२.२३ ग्राम (४१.३५ तोला) जसको बजार मुल्य करिव  ६४ लाख ६१हजार नौ सय ८२ रुपैया रहेको उनले बताए ।

 

पर्सा जिल्ला पोखरिया नगरपालिका वडा न. ८, जगतपुर बस्ने वर्ष ४८ को बिक्रम साहको साथबाट औठी त्रीहत्तर थान,  मंगलसुत्र पाँच  थान,  झुम्का/टप छ थान,  बाला एक थान,  नेकलेस एक थान,  हिरा जस्तो देखिने सेतो टल्कने पत्थर  कागजको सानो सानो  पोकामा बाह्र थान, र भिभो मोवाईल एक थान, नगद उनाइस हजार बरामद गरेको काफ्‌लेले बताए ।

उक्त ब्यक्ति सहित सम्पूर्ण सामाग्रीहरु भोलि भन्सार कार्यालय पठाउने एसपी काफ्‌लेले बताए। सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गर–गहना बरामद भएको हुँदा निजलाई नियनत्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको उनलेे बताए।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083