भाटभटेनी सुपरमार्केटद्वारा काठमाण्डौं प्रहरीलाई विपद् उद्धार सामग्री सहयोग

5.94K
shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटले प्रहरीलाई विपद् व्यवस्थापन र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक सामग्री सहयोग गरेको छ।

मंगलबार सुपरमार्केटका सञ्चालक कल्याण गुरुङ, डा. प्रतीक गुरुङ र कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीलाई सामग्री हस्तान्तरण गरेका हुन्।

प्रहरीका अनुसार, सहयोग स्वरूप र्‍याफ्टिङ बोट, लाइफ ज्याकेट, थ्रो ब्याग लगायतका बाढी तथा जलउद्धारमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गरिएको हो।

काठमाडौंका नदी किनारमा रहेका बस्तीहरूमा बाढी पस्ने सम्भावना रहेकाले यस्ता सामग्री उद्धारका लागि अत्यन्त उपयोगी हुने प्रहरीको विश्वास छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083