अब बन्ने जनप्रतिनिधिले सार्वजनिक बहस इन्कार गर्न मिल्दैन: रन्जित तामाङ
वि.सं.२०८२ माघ १२ सोमवार १९:४९
shares

दमक । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट झापा–५ का उम्मेदवार रन्जित तामाङले अब बन्ने जनप्रतिनिधिहरूले सार्वजनिक बहसबाट पन्छिन नपाउने बताएका छन्।
सोमबार कमल गाउँपालिकाले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले जनप्रतिनिधि जनताकै कठघरामा उभिएर जनताका प्रश्नको जवाफ दिन तयार हुनुपर्ने बताए।
‘अब जनताका प्रतिनिधिले जनताको कठघरामा उभिएर सार्वजनिक बहस गर्नुपर्छ,’ तामाङले भने।
उनले सोही क्षेत्रका अन्य दुई उम्मेदवार केपी शर्मा ओली र बालेन शाहलाई समेत सार्वजनिक बहसमा आउन आग्रह गरे। समय फेरिए पनि चुनाव लड्ने शैली पुरानै रहेको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरे।
नयाँ भनिएकाहरू नै जनता र मिडियाको सामना गर्न इन्कार गरिरहेको भन्दै उनले आश्चर्य व्यक्त गरे। ‘जेनजी आन्दोलनपछि पुराना तथ्यांकहरू मिथ्यांक भइसकेका छन्,’ तामाङले भने।
































