भक्तपुर–१ मा नेमकिपाको गढ भत्कियो
रास्वपाका रुकेश रन्जित विजयी
वि.सं.२०८२ फागुन २३ शनिवार ०९:४८
shares

२३ फागुन, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर–१ मा लामो समयदेखि कायम रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन्।
रन्जितले कुल ३३ हजार ४३६ मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरे। रन्जितले सुवाललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
यसैगरी नेपाली कांग्रेसकी किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गर्दा नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन्।
भक्तपुर–१ लाई लामो समयदेखि नेमकिपाको बलियो किल्लाका रूपमा हेरिँदै आएको थियो। तर यस पटकको निर्वाचन परिणामले उक्त क्षेत्रमा नयाँ राजनीतिक समीकरण देखिएको छ। रास्वपाका रन्जितको जितसँगै भक्तपुर–१ मा नेमकिपाको प्रभाव कमजोर भएको विश्लेषण गरिएको छ।































