प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ उजुरी

442
shares

३ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिले शर्माविरुद्ध प्राप्त उजुरीहरू भोलि मंगलबार खोल्ने तयारी गरेको छ ।

गत वैशाख २६ गते बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनको समय दिएर सार्वजनिक रूपमा उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । उक्त अवधिभित्र विभिन्न विषयमा १६ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ ।

समितिले उजुरीहरूको अध्ययन तथा छानबिनपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग सुनुवाइ गर्नेछ । सुनुवाइपछि उनको नाम अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिइने बताइएको छ ।


unigloble collage
baneshwor multiple campus ad -2083