उत्कृष्ट भिएस निकेतन स्कुल एण्ड कलेज

सक्षम नेतृत्वको पाठशाला, भीएस निकेतन सेकेण्डरी स्कुल

728
shares

काठमाडौँ । मीनभवनस्थित भीएस निकेतन सेकेन्डरी स्कुल एण्ड कलेजले आफ्नो स्थापनाको ४५ वर्ष पूरा गर्दै नेपालको शैक्षिक इतिहासमा एक विशिष्ट पहिचान बनाउन सफल भएको छ। सन् १९८१ मा वरिष्ठ शिक्षाविद् स्व. डा. बाबुराम पोखरेलद्वारा स्थापित यस प्रतिष्ठानले गुणस्तरीय शिक्षा, कडा अनुशासन र उत्कृष्ट नतिजामार्फत आफूलाई मुलुककै अग्रणी संस्थाको रूपमा उभ्याएको छ।

भीएस निकेतनले केवल प्राज्ञिक नतिजा मात्र नभई देशलाई सक्षम नेतृत्व दिन पनि महत्वपूर्ण भूमिका खेलेको छ । नेपालका ४७औँ वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह पनि यही स्कुलका पूर्व विद्यार्थी हुन् । स्कुलले प्रदान गर्ने व्यावहारिक शिक्षा र अनुशासनकै कारण यहाँका स्नातकहरू आज चिकित्सा, इन्जिनियरिङ, बैंकिङ र राजनीति जस्ता महत्वपूर्ण क्षेत्रमा सफल भएका छन्।

स्थापनाकालदेखि नै तत्कालीन एसएलसी बोर्डमा आफ्ना विद्यार्थीलाई शीर्ष स्थानमा उभ्याउन सफल भीएस निकेतनले हाल कक्षा ११ र १२ (विज्ञान तथा व्यवस्थापन संकाय)मा पनि ९८ प्रतिशतभन्दा बढी सफलताको दर कायम राखेको छ।

विसं २०६५ मा उत्कृष्ट विद्यालयको रूपमा राष्ट्रिय ढाल र झण्डाबाट सम्मानित यस संस्थाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्याधुनिक स्मार्ट कक्षाकोठा, सुसज्जित विज्ञान तथा कम्प्युटर प्रयोगशाला र समृद्ध पुस्तकालयको व्यवस्था गरेको छ। सूचना तथा सञ्चार प्रविधिलाई शिक्षणको अभिन्न अङ्ग बनाएको यस प्रतिष्ठानमा विद्यार्थीहरूको मानसिक र शैक्षिक वृद्धिका लागि नियमित काउन्सिलिङ सेवा समेत उपलब्ध छ।

उत्कृष्टताप्रति समर्पित भन्ने नाराका साथ अघि बढेको भीएस निकेतनले किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ।

उत्कृष्टताप्रति समर्पित भन्ने नाराका साथ अघि बढेको भीएस निकेतनले किताबी ज्ञानका साथै खेलकुद, सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ। फराकिलो खेल मैदान, बास्केटबल कोर्ट र विभिन्न विद्यार्थी क्लबहरूमार्फत यहाँका विद्यार्थीले आफ्नो लुकेको प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएका छन्।

दक्ष र अनुभवी शिक्षकहरूको समूहद्वारा सञ्चालित यस स्कुलले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र व्यावहारिक सिकाइको माध्यमबाट दक्ष एवं राष्ट्रभक्त नागरिक उत्पादन गर्ने आफ्नो यात्रालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।


unigloble collage
baneshwor multiple campus ad -2083