न्यायिक स्वतन्त्रतासँग कुनै सम्झौता हुँदैन: प्रधानन्यायाधीश शर्मा

1.51K
shares

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका छन्।

मंगलबार सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेपछि सम्बोधन गर्दै उनले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्यायिक मर्यादालाई अक्षुण्ण राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले प्रधानन्यायाधीशको जिम्मेवारी केवल पदसँग मात्रै सीमित नभई संविधान, विधिको शासन, न्यायिक स्वतन्त्रता तथा नागरिकको न्यायप्रतिको विश्वासलाई अझ सुदृढ बनाउने दायित्वका रूपमा आफूले ग्रहण गरेको बताए।

“न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ हो,” उनले भने, “त्यसैले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै मेरो कार्यकालको मूल ध्येय रहनेछ।”

प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस विषयमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे।

“मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण्ण राख्नु हो, न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन”उनले भने ।

उनले न्यायपालिकाप्रति शंका उत्पन्न हुने कुनै पनि गतिविधि आफूबाट नहुने र हुन पनि नदिइने विश्वास दिलाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083