एसपी रबिन्द्रनाथ पौडेलले सम्हाले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी

1.73K
shares

सर्लाही । एसपी रबिन्द्रनाथ पौडेलले जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही सरुवा हुनुभएको थियो।

आज सर्लाही पुगेर पदभार ग्रहण गर्दै एसपी पौडेलले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जिल्लाको सुरक्षा अवस्था, चुनौती तथा वर्तमान वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो। साथै जिल्ला प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी तथा अन्य प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन तथा सम्बोधन समेत गर्नुभएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083