डिएसपी सुनिल शाह बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित

1.77K
shares

काठमाडौ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक अप्रेसन अफिसर डिएसपी सुनिल जंग शाहलाई “२०८३ साल बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” (TRAFFIC POLICE OF THE MONTH) द्वारा सम्मानित हुनुभएको छ ।

विभागीय मुल्यमान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लिन भई काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाई सवारी दुर्घटना न्यूनिकरण तथा नियन्त्रण गर्न, परिणाममुखी प्रहरी सेवा प्रदान, ट्राफिक सचेतना तथा सडक सुरक्षा अभिवृद्धि गराउने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आफुलाई दिईएको जिम्मेवारी अनुशासित भई त्रृटिरहित ढंगबाट पारदर्शी रुपमा सम्पन्न गरेको हुँदा उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहलाई “२०८३ साल बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” (TRAFFIC POLICE OF THE MONTH) प्रदान गरिएको हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083